हिड्दा हिड्दै हराँय म भूंले की त बाटो कतै
उडी भेट्न आउकी माया आकसको पंक्षी जस्तै

दुख साट्न मन लाग्छ छाती चिरी बेदनाको
बांच्न मन लाग्छ माया चाखेवाको जोड़ी जस्तो
लगलगी काम्यो गोडा बिरांयकी पाहिला कतै
उडी भेट्न आउकी माया आकसको पंक्षी जस्तै


चस्स दुख्छ मुटु मेरो सम्झानाले रुवाउदां
जिउदो लास भयको छू तिमी बाट टाढा हुंदा
चिथोरेर पहाड फोरी भंगालोले बगे जस्तै
उडी भेट्न आउकी माया आकसको पंक्षी जस्तै

हिड्दा हिड्दै हराँय म भूंले की त बाटो कतै
उडी भेट्न आउकी माया आकसको पंक्षी जस्तै