+ Reply to Thread
Results 1 to 6 of 6

Thread: महादेव पार्वतीको नेपाल यात्रा

  1. #1

    महादेव पार्वतीको नेपाल यात्रा

    स्वर्गलोकबाट निजी विमान चढेर महादेव पार्वती पृथ्वी आइपुगे । आकाशबाट एउटा देश देख्नासाथ पार्वतीले भनिन् ‘यो अमेरिका हो ।’ करङ मात्र भएका मानिसहरुको देश देख्नासाथ पार्वती चिच्याइन्-’यो सोमालिया हो ।’ महादेवले पार्वतीलाई धाप मार्दै ‘स्याब्बास्, तिमीले ठ्याक्कै चिन्यौ’ भने ।

    हजारौं वर्षछि यसरी पृथ्वीलोक घुम्न आए पनि सुनेकै भरमा पृथ्वीका देशहरु पार्वतीले चिनिन् । रगतको आहालमा डुबेको देश देख्नासाथ पार्वती कराईन्-’यो इराक हो ।’ अर्को एउटा देशमा आइपुग्दा पार्वतीका गरगहना सबै चोरि भयो । पार्वतीले तत्कालै भनिन्-’यो भारत हो ।’ आफ्नी पत्नीको सामान्यज्ञान यति तगडा रहेछ भन्ने महादेवले पहिलो पटक थाहा पाए, अनि मख्ख परे ।

    त्यहाँबाट उनीहरुको विमान अर्को देश पुग्यो । त्यहाँ पसल बजार, यातायात सबै बन्द थियो । मानिसहरु मारकाट गरिरहेका थिए । यो अचम्मको देश कुन हो भनी पार्वतीले चिन्न सकिनन् । त्यति नै बेला एउटा उग्र जुलुस आयो र महादेव पार्वतीलाई -’तिमीहरुको जात के हो’ भनी सोध्यो । पार्वतीले महादेवको कानमा मुख लगेर भनिन्-’यो नेपाल हो ।’

    पार्वतीले नेता चिनिन्

    नेपाल देश आइपुगेपछि पार्वतीले यहाँका बडे बडे नेताहरु देख्ने इच्छा गरिन् । अदृष्य बनेर उनीहरु नेता हेर्न पुगे । सबैभन्दा पहिले एकजना मोटे मोटे, दुईवटा आँखीभौंको बीचमा सानो रातो टिका लगाएका, बोल्दा अलि अलि मुख बाङ्गो पार्ने मानिसका अगाडि उनीहरु पुगे । ती मान्छे ‘खुइय खुइय’ गर्दै एकतमासले टोलाउँदै केही योजना बनाउँदै थिए । पार्वतीले चिनिहालिन्-’यी राजा ज्ञानेन्द्र हुन् ।’ महादेवले ‘स्याब्बास् तिमीले ठ्याक्कै चिन्यौ भने ।’

    त्यसपछि होंचो होंचो तालुचीण्डे नेताकहाँ पुग्दा उनी कार्यकर्ताहरुलाई यसरी निर्देशन दिदै थिए-’हाम्रो नीति सिती केही छैन । जे गर्दा, जे बोल्दा हामीलाई फाईदा हुन्छ ठाउँ हेरेर त्यही गर्नु ।’ कुरा सुनेपछि पार्वतीले चिनिहालिन्-’यी माधव नेपाल हुन् ।’

    महादेवले भुसतिघ्रे युवाहरुको घेरा भएको घरमा पार्वतीलाई पुर्*याए । त्यहाँ एकजना चश्मे नेता कुम हल्लाउँदै मण्डले तथा दरबारिया नेताहरुसँग कानेखुसी गरिरहेका थिए । उनीहरुको कुरा कान थापेर पार्वतीले सुनिन् र पार्वतीले भनिन्-’यी प्रचण्ड हुन् ।’

    त्यसपछि उनीहरु एउटा सुनसान कोठामा पुगे । कोठामा बडेमाको कुर्सीमा नर्कट जस्ता पातला ज्यानका एक बृद्ध टाँसिएका थिए । उनले शरीरको सम्पूर्ण शक्ति लगाएर कुर्सी समातेका थिए भने टाउको पनि कुर्सीमै गाडेका थिए । बीच बीचमा उनी ‘मेरी छोरी’ भन्दै बर्बराउँदै थिए । यिनी को हुन् - पार्वतीले चिन्न सकिनन् ।

    अदृष्य महादेव अघि सरे ती ब्यक्तिको हात कुर्सीबाट छुटाउन । निकै प्रयाश गरे उनले तर सकेनन् । टाउको उठाएर अनुहार हेर्न खोज्दा ती ब्यक्ति कराए -’ए, छिटो डाक्टर बोलाओ, मेरो हात र टाउकोमा एकदम अप्ठेरो भयो, दुख्यो । कुर्सीबाट हात छुट्लाजस्तो हुँदैछ । डाक्टरलाई चाँडो बोलाओ ।’ ‘यी गिरिजा हुन्’-महादेव बल्ल चिने ।

    भगवान दम्पतिलाई जातको मात

    धेरै दिनको नेपाल बसाईमा महादेवले सुट टाई लगाउन सिके भने पार्वतीले टाइट पाइन्ट र टिशर्ट लगाउन सिकिन् । उनीहरुले नेपाली चलन अनुसार एउटा जात रोजे र त्यो जातको हितका लागि मर्ने मार्ने कसम पनि खाए अनि स्वदेश अर्थात कैलाश फर्किए । यहि लुगामा उनीहरु कैलाश पुग्दा द्धारपालहरुले चिनेनन् । महादेव सन्किहाले- ‘तिमीहरुको हतियार बिसाओ, क्यान्टोनमेन्टमा हाल ।’ पार्वती कराइन्-’किन भित्र छिर्न नदिने ? बसेर गोलमेच सम्मेलन गरौं ।’ महादेव बोले- ‘लौ आओ, शिखर वार्ता गरौं ।’ पार्वती कराइन्-’संविधानसभाको चुनाव नभई हामी मान्दै मान्दैनौ अनि यहाँ द्धारपाल पनि समावेशी हुनुपर्*यो ।’

    यतिन्जेलमा द्धारपाल लगायत कैलाशका सबैले महादेव पार्वतीलाई चिनिसकेका थिए तर उनीहरु ‘समावेशी द्धारपाल नबनाइ भित्र जाँदैनौ भन्न थाले ।’ महादेव पार्वतीको यो हर्कतले कैलाश तथा देवगणमा खैलाबैला मच्चियो । त्यहाँ नारद आइपुगे । नारदसँग महादेवले चन्दा माग्न थाले । उनले महादेव पार्वतीलाई देख्नासाथ कुरा बुझिहाले । उनले भने- ‘महादेव पार्वतीलाई जातको मात लागेको छ । नेपालमा लागेको यो मात छुटाउन नुहाइदिनुपर्छ । किनभने यिनको शरीरमा नेपालको माटो पानी परेको छ ।’

    नारदको सल्लाह मुताबिक सबैजनाले मिलेर महादेव पार्वतीलाई पक्रिए । नेपालको लुगा खोलेर राम्रोसँग नुहाईदिए । नुहाउँदा नेपालको माटो पानीले छाड्यो र महादेव पार्वतीको होश खुल्यो । होश खुल्नासाथ उनीहरुले छक्क पर्दै भने- ‘हामीलाई त नेपालमै छौं जस्तो लागेको थियो तर कैलाशमा आइसकेछौं ।’ त्यसपछि महादेव पार्वतीले एक स्वरले घोषणा गरे-’अब कहिल्यै पृथ्वीलोकमा जान्नौं, जानै परे पनि नेपाल देशमा चाहीं कुनै हालतमा जाँदैनौं ।’

    By-राकुरे गफ
    lau na neeeeeeeeeeee

  2. #2

    hasunay khalay cha ....sachikai bhannay ho bhanay rajnitigyaharu ko vayktitwoo ramro chinna sakya bhaya jhan majja hunthiyo...I read somewhere.... "Nothing mocks a politician like a satire of his revulsion to satire". ..yo tukka yeha upalabdha garnu bhako ma tapai lai dhanaybad...

    cheers

    " There is no tangible value in being superior to others, but it has a great value in being superior to your former self "

  3. #3

    ahaha.... super..... man paryo. naya nepal jindabad
    Death is not the greatest loss in life. The greatest loss is what dies inside us while we live.

  4. #4

    Dhait sabai milera mahadev parbati lai pakriye ra nuhai diye re ...... ama ma ma ma tysto ni garne ho... dui bachha ka ama bau lai .... atleast nuhaune bela ta keta le mahadev .... keti le parabarti garnu parne ni yaar.... yi bhagwan haru ni !!!!

  5. #5

    Nice...

    Nice ..is this a joke or Humor...what ever god never wish it happen..it us..

  6. #6

    hey ,
    Nice .
    Tnx this information

+ Reply to Thread

Posting Permissions

  • You may not post new threads
  • You may not post replies
  • You may not post attachments
  • You may not edit your posts

SEO by vBSEO 3.5.0 RC1 PL1

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45